News Griha :: न्यूजगृह
हलिउड र बलिउडका निर्देशकहरुलाई नेपालमा आकर्षित गरिने

काठमाडौं— सरकारले चलचित्र पर्यटनलाई बढवा दिने भएको छ। 

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएका हुन्। 

राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षमा पर्यटकलाई नेपालमा आकर्षित गरिने बताए। साथै चलचित्र पर्यटनको विकासका लागि हलिउड र बलिउडका चलचित्र निर्देशकहरुलाई नेपालमा चलचित्र निर्माणका लागि आकर्षित गरिने बताए।

अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२१
Weather Update