News Griha :: न्यूजगृह
१ हजार युवालाई ‘स्टार्टअप’ का लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने 

काठमाडौं— सरकारले आगामी आर्थिक वर्षमा युवालाई केन्द्रमा राखेर योजना बनाएको छ। 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १ हजार युवालाई स्टार्टअपका लागि सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा जानकारी दिएका हुन्। 

त्यस्तै विदेशबाट फर्किएका युवाहरुलाई नेपालमा नै स्वरोजगार बनाउने नीति सरकारको अघि सारेको छ।  

अहिले राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।  
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:०४
Weather Update