जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ शनिबार, जेठ १९, २०८१

किंग्स कपको उपाधि अल हिलाललाई शनिबार, जेठ १९, २०८१ साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ। गएराति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो। हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।...

प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस शनिबार, जेठ १९, २०८१ एसएसपी बढुवा सिफारिसमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रविन्द्र रेग्मी, कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत भीमबहादुर दाहाल, बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा कार्यरत नान्तिराज गुरुङ रहेका छन्।

ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु शनिबार, जेठ १९, २०८१ ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुवै चालकको मृत्यु भएको छ।शनिबार बिहान साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६२ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।

‘बिग बोस ओटीटी ३’ चलाउँदै अनिल कपूर शनिबार, जेठ १९, २०८१ लोकप्रिय रियालिटी शो ‘बिग बोस ओटीटी ३’ लामो समयदेखि प्रतीक्षाको विषय बनिरहेको छ। ‘बिग बोस ओटीटी’को पहिलो सिजन करण जोहर र दोस्रो सिजन सलमान खानले होस्ट गरे। अब तेस्रो सिजन भने अभिनेता अनिल कपूरले होस्ट गर्ने भएका छन्।

एमाले संसदीय दलको बैठक बस्दै शनिबार, जेठ १९, २०८१ नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिले आइतबारदेखि काम थाल्ने शनिबार, जेठ १९, २०८१ सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ।सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको छ।

गर्मीले नेपालगञ्जको जनजीवन कष्टकर, असार ७ सम्म विद्यालयमा बिदा शनिबार, जेठ १९, २०८१ अत्यधिक गर्मी र ‘लु’ले पठनपाठनमा समस्या भएपछि जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको पालिकाका महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए। यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो।

दोलखामा सुख्खा पहिरो झर्दा अलपत्र परेका ६० जनाको उद्धार शनिबार, जेठ १९, २०८१ उनीहरु वैकल्पिकमार्ग प्रयोग गरी लामाबगर ल्याइएको विगु गाउँपालिका–१ अध्यक्ष मेमबहादुर तामाङले बताए। शुक्रबार बिहान करिब ११ बजेतिर विगु गाउँपालिका–१ लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको तामाकोशी सामान्य लयमा फर्किएको छ।

मनाङ घुम्न गएका ललितपुरका युवक चार दिनदेखि सम्पर्कविहीन, ड्रोन प्रयोग गरी खोजिदै शनिबार, जेठ १९, २०८१ ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्। तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

भारतमा लोकसभाको अन्तिम चरणको मतदान सुरु, प्रधानमन्त्री मोदीको प्रतिस्पर्धी को? शनिबार, जेठ १९, २०८१ आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान सुरु भएको छ। यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन्। त्यस्तै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषाद सहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन्।

टी२० विश्वकप: कुन देशले कति पटक जिते? शनिबार, जेठ १९, २०८१ यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इङ्ल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस्, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदै छन्।

निर्मल पुर्जाले कैयौँ आरोही महिलालाई यौन हिंसा गरेको आरोप शनिबार, जेठ १९, २०८१ अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले बेलायती नागरिकताधारी नेपाली मूलका चर्चित आरोही निर्मल पुर्जा (निम्स)ले कैयौँ महिलालाई यौन हिंसा गरेको समाचार प्रकाशन गरेको छ।‘न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्व मिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुर्व्यववहार गरेको भनेकी छन्।









