News Griha :: न्यूजगृह
यी तीन प्रदेशमा आज वर्षा
यी तीन प्रदेशमा आज वर्षा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। 
अनन्त—राधिकाको दोस्रो प्रि–वेडिङ समारोहमा हलिउड गायिका केटको परर्फम
अनन्त—राधिकाको दोस्रो प्रि–वेडिङ समारोहमा हलिउड गायिका केटको परर्फम यसअघि जामनगरमा भएको पहिलो प्रिवेडिङमा अन्तर्राष्ट्रिय गायिका रिहानाले परर्फम गरेकी थिइन् जसको लागि उनलाई ७४ करोड भारु दिइएको चर्चा थियो। अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। तीन दिनसम्म चल्ने यो भव्य समारोह मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ।
भारतमा गर्मीका कारण ३१ को मृत्यु
भारतमा गर्मीका कारण ३१ को मृत्यु भारतमा अत्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ। पूर्वी राज्य उडिसामा गर्मीका कारण १४ जनाको मृत्यु भएको अल इन्डिया रेडिओले जनाएको छ। चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन्।
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
अनैतिक क्रियाकलापमा संलग्न ९ विदेशीसहित १५ महिला ठमेलबाट पक्राउ
अनैतिक क्रियाकलापमा संलग्न ९ विदेशीसहित १५ महिला ठमेलबाट पक्राउ गएराति प्रहरीले विशेष अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको हो। पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा अनैतिक क्रियाकलाप गर्ने गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-२ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सन्नीत्रिवेणी गाउँपालिका- ६ घर भइ काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय नवीन शाही र ३० वर्षीय रमेश बम र कालिकोट कै रास्कोट...
पर्यटन विकास आयोजनाका दुई इन्जिनियर घुससहित पक्राउ
पर्यटन विकास आयोजनाका दुई इन्जिनियर घुससहित पक्राउ उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो। मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ।
भारतबाट ल्याइएको ३४ सय केजी धान बरामद, एक जना पक्राउ 
भारतबाट ल्याइएको ३४ सय केजी धान बरामद, एक जना पक्राउ  प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको धान बरामद गरेको छ।बिहीबार बिहान प्रहरीले रौतहटको इशनाथ नगरपालिका— ४ बाट ३४०० केजी धान बरामद गरेको हो।
बूढानीलकण्ठ केन्द्रबिन्दु भएर आएको राजनीतिक भूकम्प
बूढानीलकण्ठ केन्द्रबिन्दु भएर आएको राजनीतिक भूकम्प तर यत्तिले मनको बाघको शिकार हुनसकेन, प्रधानमन्त्रीले एकीकृत समाजवादी कै नेता झलनाथ खनालको सहारा लिनुपर्यो। खनालले आफ्नो पार्टीका अध्यक्ष नेपाल वर्तमान गठबन्धनको विकल्प सोच्ने अवस्थामा नपुगेको भनेर स्पष्टीकरण दिएपछि र आफैँ भेटेर ग्रीन टि पिएपछि मात्र प्रधानमन्त्री दाहालको निधारको पसिना ओभाएको थियो।
मन्त्रिपरिषद्ले केके निर्णय गर्‍यो ?
मन्त्रिपरिषद्ले केके निर्णय गर्‍यो ? सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको खोजी गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो।
नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै
नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन्। ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन थालेका छन्। जसले बर्सायाममा डुबान र भौतिक संरचना भत्कने जोखिम बढ्दै गएको छ। 
मुग्लिन–पोखरा सडक विस्तारमा कति भयो प्रगति? 
मुग्लिन–पोखरा सडक विस्तारमा कति भयो प्रगति?  पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ। 
Weather Update