News Griha :: न्यूजगृह
घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । 

शनिबारदेखि लागू हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।

सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २०:४६
Weather Update