News Griha :: न्यूजगृह
गढीमाईका नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थ उत्खननको राजश्व आफ्नै खल्तीमा
गढीमाईका नगर प्रमुखको बदमासी, नदीजन्य पदार्थ उत्खननको राजश्व आफ्नै खल्तीमा रौतहटको गढीमाई नगरपालिकामा बागमती नदीको नदीजन्य पदार्थ उत्खननबाट संकलित राजश्व अनियमितता भएको पाइएको छ। गढीमाई नगरपालिकाको प्रमुख श्यामप्रसाद यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले बागमती नदीबाट नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का बन्दोबस्त मिलाउँदा राजश्वको रकम अनियमितता गरेको प्रमाण फेला परेको हो।
सिंहदरबारमा प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता
सिंहदरबारमा प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तीन नेताबीच भेटघाट भएको हो। बुधबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा विपक्षी दलका नेताहरुसँग भेट गरेका थिए। उक्त भेटपछि सत्ता गठबन्धनमा...
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दै सरकार, पूर्वसचिव त्रितालको नेतृत्वमा समिति गठन 
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्दै सरकार, पूर्वसचिव त्रितालको नेतृत्वमा समिति गठन  सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ। 
गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट 
गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सडकमा स्वयमसेवक बनाएर राख्ने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो। जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेले सो नियम लागु गर्न निर्देशन दिएका थिए। 
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहाः यी हुन् आर्थिक ऐनले दिएका सात ‘स्कीम’
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहाः यी हुन् आर्थिक ऐनले दिएका सात ‘स्कीम’ सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ। 
अर्जुन कपूर र मलाइकाबीच ‘ब्रेकअप’
अर्जुन कपूर र मलाइकाबीच ‘ब्रेकअप’ बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षयता प्रेम सम्बन्धमा थिए। सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमा आफूलाई चिनाएका उनीहरु अब भने अलग्गिएका छन्।
सडक निर्माणमा अनियमितताः ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
सडक निर्माणमा अनियमितताः ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल,...
बजेटका सकारात्मक पक्ष अघि सारेर ‘डिफेन्स’ मा उत्रिन सांसदलाई प्रचण्डको निर्देशन 
बजेटका सकारात्मक पक्ष अघि सारेर ‘डिफेन्स’ मा उत्रिन सांसदलाई प्रचण्डको निर्देशन  माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमाथिको छलफलमा बजेटको सकारात्मक विषयवस्तुलाई प्राथमिकतामा राखेर ‘डिफेन्स’ गर्न निर्देशन छन्।  शुक्रबार पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्ना सांसदहरुलाई सो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 
प्रयाप्त कर्मचारी नहुँदा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती 
प्रयाप्त कर्मचारी नहुँदा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई सास्ती  तनहुँको व्यास नगरपालिका–७ तल्लोखर्क निवासी ६८ वर्षीया हरिमाया बानियाँ बिहीबार बिहानै प्रशासन कार्यालय आइपुगिन्। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न दिनभर लाइन बस्दा पनि उनको पालो आएन। 
माओवादी केन्द्रको बैठकमा माधव नेपालको चर्चा 
माओवादी केन्द्रको बैठकमा माधव नेपालको चर्चा  माओवादी केन्द्रको संसदीय दलको बैठकमा सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबारे चर्चा भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको विषयमा चर्चा भएको हो। नेपाल बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पुगेर विपक्षी दलका नेताहरुको बैठकमा सहभागी...
मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा
मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ।यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो।
अभिलेख संरक्षणसम्बन्धी विधेयक पारित
अभिलेख संरक्षणसम्बन्धी विधेयक पारित प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित भएको छ। 
Weather Update