गलकोटका किसानलाई रोपाइँको चटारो शुक्रबार, जेठ १८, २०८१
-1717129864.jpg)
कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियानको सुरुवात शुक्रबार, जेठ १८, २०८१ बाल कुपोषण र भोकमरी उन्मुलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात भएको छ। बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेशनल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्त रुपमा अभियानको घोषणा गरेका हुन्।

हुरीले उडाएको जस्ताले लियो १ सय ७ वर्षीय वृद्धको ज्यान शुक्रबार, जेठ १८, २०८१ हुरीबताससहितको बिहीबारको वर्षाले १ सय ७ वर्षीय वृद्धको ज्यान गएको छ। विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो। घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल पक्राउ शुक्रबार, जेठ १८, २०८१ सयौँ महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन्। जर्मनबाट फर्किएर भारत आउँदै गरेका प्रज्ज्वललाई बैङ्ग्लोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो। उनलाई शुक्रबार अदालतमा पेस गरिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

सत्ता गठबन्धनमा अविश्वास शुक्रबार, जेठ १८, २०८१ वर्तमान सत्ता समीकरणमा अविश्वास देखिएको छ। खासगरी बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससहितको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण फेरी एक पटक तरंगित बनेको हो। बिहीबार स्वयं प्रधानमन्त्रीले माधव नेपालले गठबन्धन नछोड्ने दाबी गरिरहनु पर्यो। उनले बिहीबार एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग बालुवाटारमा एक घण्टा लामो छलफल...

मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते शुक्रबार, जेठ १८, २०८१ ११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए।

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु शुक्रबार, जेठ १८, २०८१ दाङमा अटोरिक्सा र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो।
-1715075666.jpg)
यी चार संसदीय समितिको बैठक आज शुक्रबार, जेठ १८, २०८१ संघीय संसद्का चारवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।

फौजदारी मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर शुक्रबार, जेठ १८, २०८१ फैसलापछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले यो अपमान हो भन्दै अदालतको धाँधलीपूर्ण निर्णय भएको बताए। उनले यसको सही निर्णय जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए। यसो त अब फौजदारी मुद्दा मै दोषी ठहर भए पछि ट्रम्पको आगामी राजनीतिक बाटो कता मोडिने छ। यो भने सबैको चासोको विषय बन्ने छ।

गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय युवकको मृत्यु शुक्रबार, जेठ १८, २०८१ जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाइमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए।

डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो शुक्रबार, जेठ १८, २०८१ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो हिजो...

यी पाँच प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षा शुक्रबार, जेठ १८, २०८१ कोशी, मधेस र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली...

नेपाल र अमेरिकाबीचको 'वार्मअप' खेल रद्द शुक्रबार, जेठ १८, २०८१ टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र अमेरिकाबीचको 'वार्मअप' खेल रद्द भएको छ। स्थानीय समय अनुसार बिहान १०:३० बजे (नेपाली समय अनुसार गएराति) सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो। टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो।


-1717130705.jpg)






