News Griha :: न्यूजगृह
मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

हेटौंडा— पूर्वपश्चिम राजमार्गअन्तर्गत  मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना५ ख ५५१५ नं.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्। 

११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए। 

अगाडिको पट्टा भाँच्चिदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको थियो । बस नालीमा कोल्टो पर्दा यात्रु घाइते भएका हुन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०८:३९
Weather Update