News Griha :: न्यूजगृह
नेपाल र अमेरिकाबीचको 'वार्मअप' खेल रद्द 

काठमाडौं— टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र अमेरिकाबीचको 'वार्मअप' खेल रद्द भएको छ। 

स्थानीय समय अनुसार बिहान १०:३० बजे (नेपाली समय अनुसार गएराति) सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो। टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो। 

डालासस्थित ग्रान्ड प्रिएरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्डिङ गर्ने भएको थियो। तर वर्षा नरोकिएपछि खेल रद्द भयो। 

वार्म अपको पहिलो खेलमा नेपालल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो। 

त्यस्तै अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०६:००
Weather Update