News Griha :: न्यूजगृह
तापक्रममा धनगढीलाई नेपालगञ्जले उछिन्यो,  ४४.२ डिग्रीको 'रेकर्ड ब्रेक'
तापक्रममा धनगढीलाई नेपालगञ्जले उछिन्यो,  ४४.२ डिग्रीको 'रेकर्ड ब्रेक' बिहीबार दिउँसो धनगढीले अधिकतम तापक्रम ४४.१ डिग्रीको 'रेकर्ड ब्रेक' गरेकै समयमा त्यसलाई उछिनेर आजै नेपालगञ्जले तापक्रममा रेकर्ड ब्रेक गरेको छ। 
मधेसमा जनमतको नेतृत्वमा सरकार बन्ने, एमाले र माओवादीले सहयोग गर्ने 
मधेसमा जनमतको नेतृत्वमा सरकार बन्ने, एमाले र माओवादीले सहयोग गर्ने  मधेस प्रदेशमा ३ दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए।
सुर्खेत जीप दुर्घटना अपडेट: चार जनाको मृत्यु, दुई घाइते
सुर्खेत जीप दुर्घटना अपडेट: चार जनाको मृत्यु, दुई घाइते सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।वीरेन्द्रनगर नगरपालिका-१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताए। 
क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा
क्यान भन्छ- सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले दिएन भिसा अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्वीकार गरेको छ।परराष्ट्र मन्त्रालयको कूटनीतिक नोट पछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो। 
१५ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई ८ वर्ष कैद
१५ वर्षीया बालिकालाई बलात्कार गर्ने १७ वर्षीय किशोरलाई ८ वर्ष कैद विद्यालय पढ्न गएकी बालिकालाई विभिन्न प्रलोभन देखाई ती किशोरले २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेवी होटलमा लगेर बलात्कार गरेका थिए। पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन। होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले २०८० असोज २४ गते पुनः उजुरी दर्ता गरेको थियो। 
बर्दिबासबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना
बर्दिबासबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना बस सिन्धुलीको गोलन्जोर- ७ मा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बस आज साँझ ५:३० बजे आसपासमा दुर्घटनामा परेको हो। बस सडकबाट १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको छ। गाडी घरमाथि पुगेर उत्तानो परेको छ।
यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायब महान्यायाधिवक्ता नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो।
राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनी भ्रमणमा जाँदै
राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड र जर्मनी भ्रमणमा जाँदै राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड भ्रमणमा जाने भएका छन्।जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जाने भएका हुन्।
जनताको निम्ति हामी फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री
जनताको निम्ति हामी फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्। बिहीवार काठमाडौंमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताए।
अर्थमन्त्रीको दाबी: कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन, विवादको विषय बनाउन जरुरी छैन
अर्थमन्त्रीको दाबी: कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन, विवादको विषय बनाउन जरुरी छैन अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन्। करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक सङ्घका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन्।
प्रजनन प्रक्रियामा रहेका सर्प
प्रजनन प्रक्रियामा रहेका सर्प र्मी बढेसँगै दाङसहित तराईका जिल्लामा सर्प देखापर्ने गर्छन्।
खोकनामा परम्परागत तेल मिल पुनः सञ्चालनमा आउँदै
खोकनामा परम्परागत तेल मिल पुनः सञ्चालनमा आउँदै ललितपुर महानगरपालिका–२१ खोकना शुद्ध तोरीको तेल पाइने ठाउँका रुपमा परिचित छ। केही वर्ष अघिसम्म खोकनावासीको मुख्य पेसा भनेकै तेल व्यवसाय थियो। हाल खोकनावासी कृषिमा आवद्ध भए पनि तेल व्यवसाय सञ्चालन गर्ने कम मात्रामा छन्। 
Weather Update