काठमाडौंमा ३४.४ डिग्री
तापक्रममा धनगढीलाई नेपालगञ्जले उछिन्यो, ४४.२ डिग्रीको 'रेकर्ड ब्रेक'

काठमाडौं— बिहीबार दिउँसो धनगढीले अधिकतम तापक्रम ४४.१ डिग्रीको 'रेकर्ड ब्रेक' गरेकै समयमा त्यसलाई उछिनेर आजै नेपालगञ्जले तापक्रममा रेकर्ड ब्रेक गरेको छ।
आज बिहीबार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् गोविन्द झाका अनुसार उक्त रेकर्ड यो वर्षकै सबैभन्दा बढी हो।
धनगढीमा ४४.१ डिग्री, भैरहवामा ४३.६ डिग्री, विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४०.२ डिग्री तापक्रम मापन भएको छ। आज पोखरामा ३४ र काठमाडौंमा ३४.४ डिग्री तापक्रम मापन भएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ २०:५६













