वीरेन्द्रनगरको तापक्रम ४० डिग्री पुग्यो, आइतबारदेखि विद्यालय बन्द गरिने शुक्रबार, जेठ १८, २०८१
-1717141926.jpg)
गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त शुक्रबार, जेठ १८, २०८१ गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन्। देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए।

अब पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन शुक्रबार, जेठ १८, २०८१ पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ। गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो।

सहकारीको अर्बौँ रकम ठगी गरेर फरार सीबी लामा पक्राउ शुक्रबार, जेठ १८, २०८१ विभिन्न सहकारीको रकम ठगी गरि फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा)लाई प्रहरीले पक्राउ गरेको छ। कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ साथै पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

तनहुँमा हावाहुरीले ३ सय ३३ घर गोठमा क्षति शुक्रबार, जेठ १८, २०८१ तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ।

काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद चर्किँदै शुक्रबार, जेठ १८, २०८१ काठमाडौं महानगरपालिका र सडक विभागबीचको विवाद चर्किँदै गएको छ। काठमाडौं महानगरपालिकाले न्युरोडको सडकमा फुटपाथ बढाउन बाटो कटिङ गरेको थियो। सडक विभागले उक्त काम रोकिदिएपछि मेयर बालेन शाहको निर्देशनमा महानगरले सडक विभाग र सडक डिभिजन कार्यालय अघि फोहोर थुपारिदिएको थियो। बिनाअनुमति सडक काटी सडकको स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले...

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम हुँदै शुक्रबार, जेठ १८, २०८१ जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन्।

सहकारी ठगी प्रकरणः सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै शुक्रबार, जेठ १८, २०८१ छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको हो।
![समयमा काम नगर्ने १८ निर्माण कम्पनी कालोसूचीमा [नामसहित]](https://newsgriha.com/uploads/posts/sarbajanik kharid1695012020.jpg)
समयमा काम नगर्ने १८ निर्माण कम्पनी कालोसूचीमा [नामसहित] शुक्रबार, जेठ १८, २०८१ सरकारले समयमा काम नगर्ने विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै १ वर्षदेखि ३ वर्षसम्मका लागि कारबाही गरेको हो। साथै कारबाहीमा परेको कम्पनीबाट कारबाहीमा राखिएको अवधिभर काम नगर्न समेत आग्रह गरिएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? शुक्रबार, जेठ १८, २०८१ नेपाली बजारमा सुनको मूल्यले हालसम्मको रेकर्ड तोडेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार २ सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि सुनको मूल्य १ लाख ४१ हजार ८ सय कायम भइ रेकर्ड बनाएको थियो।
-1717133360.jpg)
संरक्षणको अभावमा सय वर्ष पुराना ढुङ्गेघर जीर्ण बन्दै शुक्रबार, जेठ १८, २०८१ बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्।
-1717132781.jpg)
मोदीको ध्यान राजनीतिः पहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी शुक्रबार, जेठ १८, २०८१ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन्। दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन्।नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए। उनी भोलि अर्थात्...
-1717131741.jpg)
मधेस आन्दोलनमा ढलेको गिरिजाप्रसाद कोइरालाको सालिक फेरि ठडियो शुक्रबार, जेठ १८, २०८१ वीरगञ्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ।









