News Griha :: न्यूजगृह
सहकारीको अर्बौँ रकम ठगी गरेर फरार सीबी लामा पक्राउ 

काठमाडौं— विभिन्न सहकारीको अर्बौँ रकम रकम ठगी गरि फरार रहेका चन्द्रबहादुर तामाङ (सीबी लामा)लाई प्रहरीले पक्राउ गरेको छ।  

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ साथै पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नेपाल-भारत सीमा छेउबाट पक्राउ गरेको हो। लामा कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका तत्कालीन र हाल पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन्। 

उनलाई आजै काठमााडौं ल्याउने तयारी गरिएको छ। उनीमाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ।

उनी नेपाली कांग्रेस काभ्रेका महासमिति सदस्यसमेत हुन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:१९
Weather Update