![समयमा काम नगर्ने १८ निर्माण कम्पनी कालोसूचीमा [नामसहित]](https://newsgriha.com/uploads/posts/sarbajanik kharid1695012020.jpg)
काठमाडौं— सरकारले समयमा काम नगर्ने विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै १ वर्षदेखि ३ वर्षसम्मका लागि कारबाही गरेको हो। साथै कारबाहीमा परेको कम्पनीबाट कारबाहीमा राखिएको अवधिभर काम नगर्न समेत आग्रह गरिएको छ।
जसअनुसार आँचल शाहको नाममा रहेको फ्रेण्डस ट्रेडिङ कन्सर्न, कुपन्डोललाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकको सिफारिसका आधारमा फ्रेण्डस ट्रेडिङलाई कालोसूचीमा राखिएको हो।
त्यसैगरी सडक डिभिजन बुटवलको सिफारिसमा २ कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। मैनाचुली निर्माण सेवा र बोखिम कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो।
त्यसैगरी परवानीपुर गाउँपालिका बाराको सिफारिसमा श्री एच.एण्ड. जे. ट्रेडर्स, वीरगञ्जलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।














