News Griha :: न्यूजगृह
‘बिग बोस ओटीटी ३’ चलाउँदै अनिल कपूर

काठमाडौं— लोकप्रिय रियालिटी शो ‘बिग बोस ओटीटी ३’ लामो समयदेखि प्रतीक्षाको विषय बनिरहेको छ। ‘बिग बोस ओटीटी’को पहिलो सिजन करण जोहर र दोस्रो सिजन सलमान खानले होस्ट गरे। अब तेस्रो सिजन भने अभिनेता अनिल कपूरले होस्ट गर्ने भएका छन्।

जियो सिनेमाले शुक्रबार आफ्नो इन्स्टाग्राममा शो ‘बिग बोस ओटीटी ३’को प्रोमो भिडिओ शेयर गरेको छ। भिडिओमा अनिल कपूर देखिएपछि शोको होस्ट उनी भएको खुलेको हो।

भिडिओमा शो चलिरहेको बेला अनिल कपूरको प्रवेश देखाइएको छ। यद्यपि अँध्यारोका कारण उनको अनुहार प्रस्ट देखिएको छैन। अनिल कपूर सिटी बजाउँदै आफ्नो शैलीमा भन्छन्, ‘कुर्सी लिनुहोस्। धेरै भया झकास, अब केही विशेष गरौँ।’

‘बिग बोस ओटीटी ३’को प्रोमो हेरेर सलमान खानका फ्यान भने निरास भएका छन्। उनीहरुले सलमान बिना शो चल्न असम्भव रहेको प्रतिक्रिया दिएका छन्। एक फ्यानले लेखेका छन् ‘सलमान छैनन्, त शो छैन।’ अर्का एक फ्यानले शो ‘फ्लप’ हुने लेखेका छन्। 

शो जूनबाट सुरु हुनेछ । तर कहिलेबाट प्रसारण हुने भन्ने निर्माताले मिति खुलाएका छैनन्। शोको पहिलो सिजन दिव्या अग्रवाल र दोस्रो सिजन एल्विश यादवले जितेका थिए।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ११:३२
Weather Update