सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा बिहीबार, जेठ २४, २०८१

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति छ आज? बिहीबार, जेठ २४, २०८१ बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ८ सयले बढेको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार २ सय रहेकोमा आज १ लाख ४४ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाहसंघले जनाएको छ।

टी–२० विश्वकपः ओमनलाई हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात बिहीबार, जेठ २४, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।

सुरक्षा अधिकारीद्वारा चीनसँग सीमा जोडिएको उरै नाका निरीक्षण बिहीबार, जेठ २४, २०८१ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो।
-1717649188.jpg)
मधेसको मुख्यमन्त्रीमा जनमतले सतिशकुमार सिंहलाई अघि बढाउने बिहीबार, जेठ २४, २०८१ मधेस प्रदेशमा जनमत पार्टीले मुख्यमन्त्रीका लागि प्रदेश सभा सदस्य शतिसकुमार सिंहलाई अघि बढाउने भएको छ। पार्टीभित्रको आन्तरिक छलफलपछि आफूलाई मुख्यमन्त्रीको रुपमा अघि बढाउने निर्णय भएको सिंहले न्यूजगृहलाई जानकारी दिए। मधेस प्रदेशमा जनमतका तर्फबाट संसदीय दलका नेता भने महेशप्रसाद यादव रहे पनि मुख्यमन्त्रीमा सिंहलाई अघि बढाउन लागिएको हो।

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध बिहीबार, जेठ २४, २०८१ बुधबार राति आएको हावाहुरीले बिजुलीका पोल ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा ९ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ।

महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने विद्यालयलाई कारबाही गर्ने चेतावनी बिहीबार, जेठ २४, २०८१ अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ।

चीनको चन्द्र मिसन: २ किलो माटो लिएर फर्किदै चाङइ–६ बिहीबार, जेठ २४, २०८१ चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। चीनले चन्द्रमाको दक्षिणी ध्रुवमा अनुसन्धान केन्द्र बनाउन चाहन्छ। विज्ञहरूका अनुसार चाङ्गे–६ ल्यान्डरले ल्याएको नमूनाले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग दिनेछ। यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा प्रयोग गरिनेछ।

कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु बिहीबार, जेठ २४, २०८१ हुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
बाल यौन दुर्व्यवहार आरोपमा इन्स्पेक्टर शिवाकोटी पक्राउ बिहीबार, जेठ २४, २०८१ नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत इन्स्पेक्टर बिदुर शिवाकोटी छन्।

दक्षिणकालीमा मोटरसाइकलबाट खसेर मृत्यु भएका दुई जनाको शव भेटियो बिहीबार, जेठ २४, २०८१ काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा दुई जना मृत भेटिएका छन्। मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन्।घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ। भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ।

विश्वकप क्रिकेटमा पीएनजीको दोस्रो हार, युगान्डा तीन विकेटले विजयी बिहीबार, जेठ २४, २०८१ आज बिहान भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले हराएको हो। ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पुरा गर्यो। युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाए।

फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल बिहीबार, जेठ २४, २०८१ घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रङ्गशालामा खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भूमिका रूपमा साउदी अरबमा खेल्नु परेको हो। एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रङ्गशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भनेपछि दुवै खेल साउदी अरबमा हुन लागेको हो।









