News Griha :: न्यूजगृह
कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर किशोरीको मृत्यु 

कैलाली— हुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको  हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रूख घरको आँगनमा ढलेको थियो। गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। 

बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०९:२९
Weather Update