News Griha :: न्यूजगृह
विश्वकप क्रिकेटमा पीएनजीको दोस्रो हार, युगान्डा तीन विकेटले विजयी 

काठमाडौं— आईसीसी टी–२० विश्वकपमा पपुवा न्युगिनी (पीएनजी) दोस्रो खेलमा पनि पराजित भएको छ।

आज बिहान भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले हराएको हो। ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पुरा गर्‍यो।  युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाए।

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो। 

पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो। युगान्डाले विश्वकपमा विजयी सुरुवात गरेको छ भने पीएनजीको जारी विश्वकपमा लगातार दोस्रो हार हो।  

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०८:४६
Weather Update