News Griha :: न्यूजगृह
फिफा विश्वकप छनोट: आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। दुई देशबीचको खेल नेपाली समयानुसार राति पौने १० बजे साउदी अरबमा हुनेछ।

घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रङ्गशालामा खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भूमिका रूपमा साउदी अरबमा खेल्नु परेको हो।  एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रङ्गशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भनेपछि दुवै खेल साउदी अरबमा हुन लागेको हो। 

यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो। 

नेपाल र यमन बीचको खेल पनि सोही स्टेडियममा हुँदैछ। समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो। छनोटअन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ। 

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समूह चरणका चारै खेलमा हार भोगेको छ। नेपालले यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०८:२०
Weather Update