अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन बिहीबार, जेठ २४, २०८१
-1717673188.jpg)
मन्त्रिपरिषद् बैठक जारी बिहीबार, जेठ २४, २०८१ मन्त्रिपरिषद् बैठक बसेको छ। केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ। आजको बैठकमा केही देशका राजदूतहरुलाई बोलाउने विषयमा छलफल हुनसक्ने बताइएको छ।

अत्यधिक गर्मीले बाँकेमा छालासम्बन्धी रोगका बिरामी बढे बिहीबार, जेठ २४, २०८१ बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन्।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव संसद्बाट पारित बिहीबार, जेठ २४, २०८१ आज बसेको प्रतिनिधिसभा बैठकले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ प्रस्ताव पारित गरेको छ।
-1717671221.jpg)
नेपालगञ्ज उपमहानगरभित्रका अतिक्रमित संरचनामा डोजर बिहीबार, जेठ २४, २०८१ नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ। नेपालगञ्ज–९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले आज दिउँसो डोजर चलाएको छ। घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले भत्काउन बाध्य भएको नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताए।

खोलाले बगाउँदा विद्यार्थीको मृत्यु बिहीबार, जेठ २४, २०८१ सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ।
-1713955690.jpg)
व्यासको मतगणनासम्बन्धी विवादबारे सर्वोच्चमा रिट, आइतबारका लागि पेसी बिहीबार, जेठ २४, २०८१ तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्नेसम्बन्धी विवादबारे सर्वोच्च अदालतमा रिट परेको छ। यसअघि नै गत जेठ १ गते उच्च अदालत कास्कीले व्यासको मतगणना पुनः गर्न आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगरप्रमुखको मतगणना बदर गरी पुनःमतगणना गर्न आदेश...

विद्यालय छाडेर बुबाआमासँगै इँटाभट्टा जान्छन् बालबालिका बिहीबार, जेठ २४, २०८१ कैलालीको टीकापुरस्थित शक्तिदेवी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रविका चौधरी बुवाआमासँगै इँटाभट्टामा जान्छिन्।आठ वर्षीया रविकाले बुवाआमाले इँटाभट्टामा काम गरिरहँदा दुई वर्षीय भाइ स्याहार्छिन्। उनले गत वर्ष सात महिना इँट्टाभट्टामा बसेकाले परीक्षा नै दिन पाइनन्।
-1717667649.jpg)
केही ऐन संशोधनका लागि एकैपटक १० मन्त्रालय छलफलमा बिहीबार, जेठ २४, २०८१ केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलाइएको छ। बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेर सो विषयमा छलफल गरेको हो। कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरु गरेको बताए।छिट्टै छलफल सकेर विधेयकलाई टुंगोमा...
आईएमएफले नेपाललाई ५ अर्ब ५९ करोड दिने बिहीबार, जेठ २४, २०८१ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– ईसीएफ) अन्तर्गतको चौँथो किस्ता अनुसार नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने भएको छ।

धनुषामा बढ्यो आँप उत्पादन बिहीबार, जेठ २४, २०८१ धनुषामा चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ।

सभामुखले संसदीय प्रक्रिया भुलेपछि एउटै सम्झौता २ पटक पारित बिहीबार, जेठ २४, २०८१ बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संसदीय प्रक्रियाबारे सभामुख देवराज घिमिरे झुक्किएका छन्। बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस गर्ने कार्यसूची रहेको थियो। सोही सम्झौतासम्बन्धी प्रस्ताव पेस गर्ने विषयमा सभामुख झुक्किएपछि उक्त सम्झौता २ पटक पारित गर्नुपर्ने अवस्था निर्माण भयो।

तस्बिरमा हेर्नुहोस् जापानको ब्योदो–इन मन्दिरको सुन्दरता बिहीबार, जेठ २४, २०८१









