यसवर्षको मनसुनमा कोशी र मधेस प्रदेश बढी प्रभावित हुने बिहीबार, जेठ २४, २०८१
-1717484654.jpg)
राति यी तीन प्रदेशमा वर्षाको सम्भावना, काठमाडौं उपत्यकामा के होला? बिहीबार, जेठ २४, २०८१ बिहीबार राति पनि देशभर तर केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार बिहीबार बेलुका ७:४० बजे भने मुलुकभर कतै पनि वर्षा भएको संकेत छैन।

११ देशका राजदूत फिर्ता बिहीबार, जेठ २४, २०८१ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। यी देशमा कांग्रेस–माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो प्रधानमन्त्रीको भारत भ्रमण बिहीबार, जेठ २४, २०८१ बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो। मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरूका अनुसार मोदीले आइतबार साँझ ६ बजे शपथ लिँदै छन्।

किसानविरुद्ध बोलेको भन्दै अभिनेत्री एवम् सांसद कङ्गनालाई थप्पड ! बिहीबार, जेठ २४, २०८१ कङ्गनाले यस विषयमा गुनासो गर्दै महिला जवानलाई जागिरबाट हटाउन र कडा कारबाही गर्न माग गरेकी छिन्। कङ्गनालाई थप्पड हान्ने सिपाहीको नाम कुलविन्दर कौर रहेको बताइएको छ।

बन्द भए चितवनका इँटा उद्योग, एक अर्ब बढीको नोक्सानी बिहीबार, जेठ २४, २०८१ उद्योग बन्द भएसँगै एक अर्बभन्दा बढी नोक्सान भएको सापकोटाले जानकारी दिए। उद्योग बन्द हुँदा हजारौँले रोजगारी गुमाएका छन्। बाहिरी जिल्लाबाट आउने इँटाको भर पर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। जिल्लामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट इँटा आउने गरेका छन्।
-1702023422.jpg)
१४ किलो सुन तस्करी प्रकरणका ८ आरोपित थुनामै रहने, जिल्लाको आदेश उच्चले गर्यो सदर बिहीबार, जेठ २४, २०८१ १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना थुनामै रहने भएका छन्।

बालिकालाई जबरजस्ती करणी गर्ने इन्स्पेक्टरलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति बिहीबार, जेठ २४, २०८१ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर सिवाकोटीलाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर, सजाय निर्धारण अर्को पेसीमा बिहीबार, जेठ २४, २०८१ लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार दोषी ठहर गरेको हो।

हुरीबतासको क्षतिः अझै २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन सकेनन् बिहीबार, जेठ २४, २०८१ गत बिहीबार आएको हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ। जिल्लाका विभिन्न ठाउँमा विद्युत्का खम्बा ढलेपछि २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित बिहीबार, जेठ २४, २०८१ प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै बिहीबार, जेठ २४, २०८१ सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ।आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘क्लिक’ गरेर सो सेवाको शुभारम्भ गरे। आज पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी...

मनसुनजन्य विपद्सँग जुध्न गृहमन्त्रीले खोजे दलहरुको साथ बिहीबार, जेठ २४, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्को सामनाका लागि राजनीतिक दलहरुको साथ खोजेका छन्। गृहमन्त्रालयमा बिहीबार राजनीतिक दलहरुसँगको छलफलमा उनले विपद्को समयमा अति जोखिममा पर्ने बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्नका लागि आवश्यक पहल तुरुन्तै गरिने बताए।









