News Griha :: न्यूजगृह
चुलाचुलीले लगायो शिक्षकलाई राजनीतिमा रोक, विद्यालयमा पार्टीको कार्यक्रम गर्न निषेध
चुलाचुलीले लगायो शिक्षकलाई राजनीतिमा रोक, विद्यालयमा पार्टीको कार्यक्रम गर्न निषेध जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षकहरू आ–आफ्ना पेसागत संघसंगठनमा आबद्ध भए तापनि कुनै  राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ।
१० वर्षमा आईटी क्षेत्रमा १५ लाखलाई रोजगारी दिने प्रधानमन्त्रीको उद्घोष 
१० वर्षमा आईटी क्षेत्रमा १५ लाखलाई रोजगारी दिने प्रधानमन्त्रीको उद्घोष  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन्।‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आर्ईसीटी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत १० वर्षमा ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा...
दल विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा 
दल विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा  जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमा आज पनि पेसी तोकिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो। यसअघि मंगलबार पनि उक्त रिटको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। 
रोकिएन सुनको मूल्य बढ्ने क्रम, आज फेरी नयाँ रेकर्ड
रोकिएन सुनको मूल्य बढ्ने क्रम, आज फेरी नयाँ रेकर्ड पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको मूल्यमा अत्यधिक वृद्धि भइरहेको छ। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४४ हजार कायम भएको थियो। जुन हालसम्मकै उच्च मूल्य रहेकोमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आजका लागि सुनको प्रतितोला मूल्य १ लाख ४५ हजार पुगेको छ। उक्त मूल्य हालसम्मकै उच्च...
बजेटमा पर्यटनमन्त्री नै छैनन् सन्तुष्ट 
बजेटमा पर्यटनमन्त्री नै छैनन् सन्तुष्ट  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बजेटमा पर्यटन क्षेत्रमा हुने अनावश्यक भ्याट बिलको कुरालाई सम्बोधन नभएको गुनासो गरेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्रीको शपथ १२ बजे हुने 
मधेस प्रदेशका मुख्यमन्त्रीको शपथ १२ बजे हुने  मधेस प्रदेशका मुख्यमन्त्रीको शपथग्रहणको तयारी गरिएको छ। मधेसको मुख्यमन्त्रीमा  जनमत पार्टीका सतिशकुमार सिंहले शुक्रबार बिहान दाबी पेस गरेका छन्। सोही अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया भइरहेको र मध्यान्न १२ बजेका लागि शपथग्रहणको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले न्यूजगृहलाई जानकारी दिए। 
कस्तो रहनेछ शनिबार र आइतबारको मौसम? 
कस्तो रहनेछ शनिबार र आइतबारको मौसम?  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार ( भोलि) र आइतबार (पर्सि) को मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ ।
चितवनमा ३१ हजार बढी बालबालिकालाई आईपीभी खोप
चितवनमा ३१ हजार बढी बालबालिकालाई आईपीभी खोप जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइएको छ। यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन्।
६० अर्ब हाराहारीमा बजेट ल्याउँदै बागमती सरकार
६० अर्ब हाराहारीमा बजेट ल्याउँदै बागमती सरकार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि ६० अर्ब बराबरको बजेट ल्याउने तयारी भएको हो । 
आज छ वटा संसदीय समितिको बैठक बस्दै
आज छ वटा संसदीय समितिको बैठक बस्दै आज बस्ने समितिहरूमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने समयतालिका छ।
दाङमा सेनाका जवानले गरे श्रीमतीको हत्या
दाङमा सेनाका जवानले गरे श्रीमतीको हत्या दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन्। सेनाका जवान शालिकराम बुढाथोकीले शुक्रबार बिहान तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका हुन्। घटनापछि शालिकराम फरार छन्। 
राहुल गान्धीको माग– मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ
राहुल गान्धीको माग– मोदी र शाहले शेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ राहुल गान्धीले शेयर बजारमा प्रधानमन्त्री मोदी र अमित शाहले गरेको दाबीका कारण ३० लाख करोड भारु नोक्सान भएको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेका छन्। 
Weather Update