सहकारी बचत ठगीसम्बन्धी संसदीय छानबिन समितिले कार्यदल सदस्यसँग सुझाव लिने शुक्रबार, जेठ २५, २०८१

प्रधानमन्त्रीसँग मेयर्स फोरमको छलफल, बालेन गएनन्, सुनितालाई पठाए शुक्रबार, जेठ २५, २०८१ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो।

सहकारी बचत ठगीसम्बन्धी संसदीय छानबिन समितिको बैठक जारी शुक्रबार, जेठ २५, २०८१ सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ। संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने शुक्रबार, जेठ २५, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशबाट गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले जेठ २८ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन्। उनले प्रदेश सभाबाट विश्वासको मत लिइसकेपछि मात्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट...
-1715153168.jpg)
दल विभाजनविरुद्ध उपेन्द्रको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ शुक्रबार, जेठ २५, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध दायर गरेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ। शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर आज बहस नसकिएपछि उक्त रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको हो। यसअघि मंगलबार पनि उक्त रिटको पेसी तोकिए पनि...

काँकरभिट्टा नाकाबाट हुने नेपाल–बङ्गलादेश व्यापार निरन्तर घाटामा शुक्रबार, जेठ २५, २०८१ नेपालले आर्थिक वर्ष २०५४–०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ। कुनै समय पाँच अर्बभन्दा बढीको मालसामान बङ्गलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ।

सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन शुक्रबार, जेठ २५, २०८१ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारी जग्गा निजीकरण हुन नदिन र जग्गा व्यक्तिको नाममा सार्ने, अतिक्रमण र दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा शुक्रबार भएको बैठकले सार्वजनिक तथा सरकारी जमिनलाई दुरुपयोग हुनबाट रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो।

मानहानि मुद्दामा राहुल गान्धीलाई अदालतले दियो जमानत शुक्रबार, जेठ २५, २०८१ भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीमाथिको मानहानीको मुद्दामा अदालतले जमानत दिएको छ। गान्धीले भारतका निर्वतमान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा गान्धीविरुद्ध दायर गरिएको मानहानीको मुद्दामा आज अदालतले जमानत दिएको हो।
-1717758427.jpg)
गाँजाको विषय समितिमा पुग्यो, गृहमन्त्री भन्छन्– एक महिनाभित्र नियमावली बनाउँछौँ शुक्रबार, जेठ २५, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले एक महिनाभित्रै नियमावली ल्याएर गर्ने बताएका छन्। सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो।

सबैखाले जग्गाको पुनः नक्सांकन र अभिलेखीकरण गर्न लेखा समितिको निर्देशन शुक्रबार, जेठ २५, २०८१ सार्वजनिक लेखा समितिले सबैखाले जग्गाको सीमांकन, नक्सांकन तथा अभिलेखीकरणका लागि आपसी समन्वय तथा आवश्यकताका आधारमा देशभरी पुनः नापी गर्न निर्देशन दिएको छ।

सरकारले भन्यो– समीकरण फेरिँदा राजदूत फिर्ता बोलाउने यसअघिकै प्रचलन हो शुक्रबार, जेठ २५, २०८१ सरकारले राजनीतिक समीकरण फेरिँदा राजदूत फिर्ता बोलाउने विषय यसअघिकै प्रचलनको निरन्तरता रहेको स्पष्ट पारेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सो कुरा बताएकी हुन्। त्यस्तै प्रधानमन्त्री भारत भ्रमणमा जाने विषय र राजदूत फिर्ता बोलाउने विषय एक आपसमा नजोडिएको बताइन्।...

मधेसका मुख्यमन्त्री सिंहका योजनाः बाँझो जग्गा उपयोगदेखि पत्रकारको दुर्घटना बीमासम्म शुक्रबार, जेठ २५, २०८१ मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पदभार ग्रहण गरेका छन्। आज मुख्यमन्त्री नियुक्त भइ पद तथा गोपनियताको शपथग्रहणपछि मुख्यमन्त्री सिंहले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। उनले पदभार ग्रहण गर्दै विभिन्न ८ योजना अघि सारेका छन्। उनले मधेसका १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना...

बागमती प्रदेशमा विपद्बाट एक वर्षमा ६१ जनाको मृत्यु, करोडौँको क्षति शुक्रबार, जेठ २५, २०८१ पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ। गतवर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो।








