News Griha :: न्यूजगृह
अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य
अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो। अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए। १४.३ ओभरमा इब्राहिम जर्दान ४१ बलमा ४४ रनको पारि खेलेर आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए।
शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने
शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने काठमाडौंका विभिन्न स्थानमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
टेष्ट टोली आयरल्याण्डको लगातार दोस्रो हार, क्यानडा १२ रनले विजयी
टेष्ट टोली आयरल्याण्डको लगातार दोस्रो हार, क्यानडा १२ रनले विजयी क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यक थियो। तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले आयरल्याण्डविरुद्ध १२ रनको जित निकालेको हो।
राष्ट्रसङ्घीय समिति सीडको सदस्यमा नेपालकी वन्दना राणा पुनः निर्वाचित
राष्ट्रसङ्घीय समिति सीडको सदस्यमा नेपालकी वन्दना राणा पुनः निर्वाचित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सीड)को सदस्यमा नेपालकी वन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।
 आज ६ प्रदेशका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना
 आज ६ प्रदेशका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना राति प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
पत्रकार महासङ्घको चुनाव स्थगित
पत्रकार महासङ्घको चुनाव स्थगित नेपाल पत्रकार महासङ्घको चुनाव स्थगित भएको छ। महासङ्घका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी शनिबार (आज)का लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन्।
अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित]
अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर  सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरूको मूल्य बढेको छ।
काठमाडौं महानगर भित्र रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको सिफारिस
काठमाडौं महानगर भित्र रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको सिफारिस अध्ययनबाट सवारी आवागमन, जनस्वास्थ्य र पर्यावरणमा असर देखिने भए सजावटको विकल्प, बत्ती हानिकारक छन् भने बत्तीको प्रकृति र गुणस्तर परिवर्तन गरेर राख्न मिल्छ कि हटाउनुपर्छ, सुझाव दिन समितिले जिम्मेवारी पाएको थियो। यसबमोजिम समितिले जीवशास्त्री, प्राणीशास्त्री, चराचुरुङ्गी विज्ञलाई सहभागी गराएर अध्ययन गरेको हो। अध्ययनले ७ बुँदामा सुझाव दिएको छ। 
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त, शपथ आइतबार 
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त, शपथ आइतबार  भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो।
चितवन पुगेर ओलीले फेरि भने– ‘रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो’ 
चितवन पुगेर ओलीले फेरि भने– ‘रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो’  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोराएका छन्।
गण्डकीमा कांग्रेसले माग्यो राप्रपासँग सहयोग
गण्डकीमा कांग्रेसले माग्यो राप्रपासँग सहयोग नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राप्रपाको समर्थन मागेको छ। सर्वोच्च अदालतको परमादेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फर्किएका नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आगामी सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
चन्द्रौटाका नापी सर्वेक्षक घुस रकमसहित पक्राउ 
चन्द्रौटाका नापी सर्वेक्षक घुस रकमसहित पक्राउ  कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका एक सर्वेक्षक सेवाग्राहीबाट घूस लिएको रकमसहित पक्राउ परेका छन्।
Weather Update