News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने
प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले  शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ,’ स्रोतले भन्यो।  
मोदीको शपथ आइतबार, छिमेकी देशका नेताहरु सहभागी हुने
मोदीको शपथ आइतबार, छिमेकी देशका नेताहरु सहभागी हुने मोदी यसअघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए। एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन
ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन बेनीदेखि सिमसम्म १२.५ किमि दुई वर्षअघि कालोपत्र भएको थियो। सिम–पानाबगर खण्डको चार किमि सडकको पहिलो चरणको कालोपत्र सकिएको छ। म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले सहजीकरण र समन्वय गरे पनि क्याराभान निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए।
नारायणगढ–बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणगढ–बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे। कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन्।
गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउँछन्?, यस्तो छ अंकगणित 
गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउँछन्?, यस्तो छ अंकगणित  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी सोमबार विश्वासको मत लिँदै छन्। शुक्रबार विश्वासको मत लिने सम्बन्धी पत्र प्रदेश सभा सचिवालयमा दर्तासमेत भइसकेको छ।गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।
नेपाली कांग्रेस ०८४ सम्म प्रतिपक्ष मै रहने
नेपाली कांग्रेस ०८४ सम्म प्रतिपक्ष मै रहने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन्।नेपाली कांग्रेस काठमाडौं महानगरपालिका– ३ वडा कार्यसमितिले शनिबार आयोजना गरेको अन्तरक्रियामा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्।
गोसाइँकुण्ड मेला सुरु
गोसाइँकुण्ड मेला सुरु धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लाष्टिकसमेतका फोहर सुरक्षित तवरले तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउने हिर्काउनेसमेतका कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। गोसाइँकुण्ड मेला आगामी असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र...
सन्दीपको विषयमा क्यानले झुट बोल्यो, सरकारले दूतावासलाई कूटनीतिक नोट नै पठाएन
सन्दीपको विषयमा क्यानले झुट बोल्यो, सरकारले दूतावासलाई कूटनीतिक नोट नै पठाएन नेपाली क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान पाएनन्। अदालतमा उनीविरुद्धको मुद्दा विचाराधीन रहँदा नेपाली टोलीसँगै प्रक्रिया सुरु नै गर्न पाएनन् भने अदालतबाट सफाइ पाएपछि विगतको भिसा रद्द हुँदा नयाँ प्रक्रिया अनुसार अमेरिकी दूतावासबाट २ पटक भिसा रिजेक्ट भयो।
बंगलादेशसँग श्रीलंका २ विकेटले पराजित
बंगलादेशसँग श्रीलंका २ विकेटले पराजित जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए। लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए। 
गर्मीमा किन सुपर फुड मानिन्छ बेल ? 
गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?  त्यस्तै बेलमा गर्भाशय उत्तेजक गुणहरू पाइन्छ। गर्भाशय उत्तेजक भनेको पाठेघरको मांसपेशीलाई आराम दिने गुण हो। यही कारणले गर्दा पिरिएड क्र्याम हटाउन र अनियमित पिरियडलाई नियन्त्रण गर्न पनि बेल उपयोगी हुन्छ। हर्मोन सन्तुलनका लागि पनि फाइदाजनक हुन्छ। यसले हर्मोन सन्तुलन कायम राख्छ। 
टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानको फराकिलो जित, न्युजिल्याण्ड ८४ रनले पराजित
टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानको फराकिलो जित, न्युजिल्याण्ड ८४ रनले पराजित लगातार दोस्रो जितका साथ अफगानिस्तान समूह सीमा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ।
डेनमार्कका प्रधानमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ
डेनमार्कका प्रधानमन्त्रीमाथि आक्रमण, एक जना पक्राउ डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ। उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ।आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ। 
Weather Update