तोलामै ४ हजारले घट्यो सुनको मूल्य आइतबार, जेठ २७, २०८१

आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै आइतबार, जेठ २७, २०८१ कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइदै छ। देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ।
-1717908815.jpg)
कालीगण्डकी करिडोरः फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती आइतबार, जेठ २७, २०८१

प्रतिनिधि सभा बैठक २ दिनका लागि स्थगित आइतबार, जेठ २७, २०८१ प्रतिनिधि सभाको बैठक २ दिनका लागि स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको हो। सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जनाएको छ।

यी स्टार फुटबलरले गुमाउने भए युरोकप आइतबार, जेठ २७, २०८१ युरोकप आउन अब एक सातामात्र बाँकी रहँदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन्। केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरू राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन्।

टी–२० विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित, युगान्डा १ सय ३४ रनले पराजित आइतबार, जेठ २७, २०८१ आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो। खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो।

शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी आइतबार, जेठ २७, २०८१ लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन्।मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए।

मिडियासँग किन तर्किन्छन् शाहरुख? आइतबार, जेठ २७, २०८१ बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रुपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्किंदै हिँडिरहेका छन्। उनी मिडिया अगाडि देखिँदा पनि मास्क, छाता र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन्।

कोशी सरकारविरुद्धको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै आइतबार, जेठ २७, २०८१ कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार पूर्ण इजलासमा सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ।

आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने आइतबार, जेठ २७, २०८१ पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो।

विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो?, हेर्नुहोस् सूची आइतबार, जेठ २७, २०८१ आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।

तीन वटा मौसम प्रणालीको प्रभाव नेपालमा, आज कहाँकहाँ होला वर्षा? आइतबार, जेठ २७, २०८१ आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

टी–२० विश्वकपः अष्ट्रेलियासँग साविक विजेता इङ्ल्यान्ड पराजित आइतबार, जेठ २७, २०८१ आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि दाबेदार अष्ट्रेलियाले साविक विजेता इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ। अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ।









