मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान आइतबार, जेठ २७, २०८१
-1717919566.jpg)
कर्णालीको ‘श्रमाधान’ मेलाः २६७ जनालाई रोजगारीको प्रतिबद्धता आइतबार, जेठ २७, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ। गत शुक्रबार र शनिबार सुर्खेतस्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन्।

‘पचेडा’मा सन्तलाल चेपाङको जीवन आइतबार, जेठ २७, २०८१ दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ। वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ।मनहरी गाउँपालिका वडा नम्बर–४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन्। उनले वृत्तचित्रमा चेपाङ जङ्गलमै किन बसिरहेका छन्? उनीहरू किन अवसरका लागि शहर पस्दैनन्? लगायतका विषयलाई समेटेका छन्।

कर्णाली नदीको पुलको लठ्ठा चुँडियो, १३ खच्चड अडकिए आइतबार, जेठ २७, २०८१ कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेका १३ वटा खच्चड फुलमै अडकिएका छन्। आइतबार बिहान अछामबाट दैलेख जाने क्रममा केही खच्चडको खुट्टा तारमा अडकिएको थियो। सो क्रममा सबै खच्चडहरु एकैपट्टी परेपछि पुलको एकपट्टीको लठ्ठा चुँडिएको र सामान बोकेका १३ खच्चडहरु त्यही अडकिएको जिल्ला प्रहरी कार्यालय दैलेकका प्रमुख डीएसपी सुनिल...
-1717916790.jpg)
ठेकेदार कम्पनी भागेपछि गाउँपालिकाको भवन निर्माण अलपत्र आइतबार, जेठ २७, २०८१ सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ।
-1717671221.jpg)
नमोबुद्ध–तेमाल सडकका अवैध संरचना भत्काउन ६ महिना समय थप आइतबार, जेठ २७, २०८१ निर्माणाधीन नमोबुद्ध–तेमाल सडकअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानमा मापदण्ड विपरीत बनाइएका भौतिक संरचना भत्काउन ६ महिनाको समयसीमा थपिएको छ।

कोशी विवादको रिट ‘हेर्न नमिल्ने’ मा आइतबार, जेठ २७, २०८१ कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको रिटमाथि पूर्ण इजलासबाट सुनुवाइ हुने भनिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’ सूचीमा परेको सर्वोच्च प्रशासनले जनाएको छ।

केही दिन देशभर गर्मी बढ्ने, तराईमा ‘लू’ बाट बच्न आग्रह आइतबार, जेठ २७, २०८१ जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
-1717913801.jpg)
सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर आइतबार, जेठ २७, २०८१ गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो।
-1713955690.jpg)
कोशी विवादको सुनुवाइ पूर्ण इजलासमा हुँदै, पेसी तोकियो आइतबार, जेठ २७, २०८१ कोशी प्रदेश सरकार गठनको विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। विवादको छिनोफानो तीन न्यायाधीशको इजलासबाट हुने निश्चित भएको छ। कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा पेसी परेको छ।
-1717912575.jpg)
विराटनगरमा विद्यार्थीहरुले जलाए सरकारी गाडी आइतबार, जेठ २७, २०८१ मोरङको विराटनगरमा विद्यार्थीहरुले सरकारी गाडी जलाएका छन्। आइतबार बिहान यसअघि ६ जना विद्यार्थी पक्राउ परेको प्रकरणमा आन्दोलनरत विद्यार्थीहरुले सरकारी गाडीमा आगजनी गरेका हुन्। मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए।

ताप्लेजुङका सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान आइतबार, जेठ २७, २०८१ ताप्लेजुङका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा आइतबार, जेठ २७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। प्रचण्ड–ओलीबीचको भेटमा प्रधानन्त्रीको भारत भ्रमणका विषयमा छलफल भइरहेको छ। आज अपरान्ह प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदैछन्। तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी...









