News Griha :: न्यूजगृह
विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु सोमबारसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय, नेपाली सेनाका उच्च अधिकारी, प्रदेशस्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ।
उपेन्द्र यादवको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने 
उपेन्द्र यादवको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो...
टी–२० विश्वकप: क्यान अध्यक्ष डाक्टर बनेर पत्नीसहित अमेरिका गएको खुलासा
टी–२० विश्वकप: क्यान अध्यक्ष डाक्टर बनेर पत्नीसहित अमेरिका गएको खुलासा नबौं संस्करणको टी–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ। यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरू भइरहेका छन्। उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिना अमेरिका उडेको खुलासा भएको छ।
विकास निर्माणमा उपभोक्ता समिति हटाउने तयारीमा मधेस प्रदेश सरकार 
विकास निर्माणमा उपभोक्ता समिति हटाउने तयारीमा मधेस प्रदेश सरकार  मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले प्रदेश सरकारअन्तर्गत उपभोक्ता समितिबाट हुने कामलाई कार्यविधि बनाएर हटाउने बताएका छन्। 
अन्तर्राष्ट्रिय विकास संघको बैठक असार पहिलो साता काठमाडौंमा हुने
अन्तर्राष्ट्रिय विकास संघको बैठक असार पहिलो साता काठमाडौंमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को बैठक असार पहिलो साता काठमाडौंमा  हुने भएको छ। आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए–२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ।
५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ
५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ काठमाडौं प्रहरीले ५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित  २ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१४ कलंकीमा चिया पसल सञ्चालन गर्ने तारादेवी डंगोल छिन्। त्यस्तै नागर्जुन—५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ पनि पक्राउ परेकी छन्। 
बालमन्दिर जग्गा प्रकरणः पक्राउ परेको दुई दिनमै छुटे पूर्वउपाध्यक्ष श्रेष्ठ 
बालमन्दिर जग्गा प्रकरणः पक्राउ परेको दुई दिनमै छुटे पूर्वउपाध्यक्ष श्रेष्ठ  नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा पक्राउ परेका नेपाल बाल सङ्गठनका पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई छाडिएको छ।  श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले श्रेष्ठलाई शुक्रबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो। उनलाई सरकारी वकिलको कार्यालयमा बयान प्रमाणित गराएर आवश्यक परेको खण्डमा उपस्थित हुने सर्तमा छाडिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई जानकारी...
मानव तस्करीको डरलाग्दो तथ्यांक, ६ वर्षमा ८ सय बढीको उद्धार 
मानव तस्करीको डरलाग्दो तथ्यांक, ६ वर्षमा ८ सय बढीको उद्धार  बितेको ६ वर्षमा कञ्चनपुर प्रहरीले यहाँको गड्डाचौकीलगायत सीमानाकाबाट आठ सय ८९ महिला तथा बालबालिकाको उद्धार गरेको छ।
देशभर अवैध लागुऔषधको जालो, १५ जना पक्राउ
देशभर अवैध लागुऔषधको जालो, १५ जना पक्राउ प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागुऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाईे प्रहरीले पक्राउ गरेको छ।
विश्वासको मतका लागि एमालेलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको पत्र 
विश्वासको मतका लागि एमालेलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको पत्र  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतका लागि प्रदेशसभाकाे  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजेका छन्। सोमबार बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदैछन्। अन्य दलको साथ नपाएमा संकटमा रहेका पाण्डेले आज एमालेलाई पत्र पठाउँदै विश्वासको मत दिन आग्रह गरेका हुन्। 
नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड 
नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको प्रतिनिधिमण्डलको टोली भारतको नयाँ दिल्ली पुगेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलको टोलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका छन्। 
अज्ञात रोगले जुम्लामा २३ भेडा मरे
अज्ञात रोगले जुम्लामा २३ भेडा मरे जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन्। सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए। उनले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताए। 
Weather Update