News Griha :: न्यूजगृह
देशभर अवैध लागुऔषधको जालो, १५ जना पक्राउ

काठमाडौं— प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। 

तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागुऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाईे प्रहरीले पक्राउ गरेको छ।

अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको ना.४ ख ५७३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यस्तै मोरङ, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३१ मिलिग्रामसहित स्कुटर चालक सुनसरी ईटहरी उपमहानगरपालिका–२० बस्ने २७ वर्षीय राज श्रेष्ठ र स्कुटरमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सुनिल कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५४ प ७४८९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

कैलाली, गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय हेमन्त कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पैदलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका–९ हरनामपुरस्थित सडकबाट अवैध खैरो रङको लागुऔषध जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

त्यस्तै कपिलवस्तु, बुद्धभूमि नगरपालिका–२ बड्रहरास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्रामसहित वाणगङ्गा नगरपालिका–८ बस्ने ३४ वर्षीय केशव बलाल समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले लु.९६ प ६३२६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

त्यसैगरी सुनसरी, धरान उपमहानगरपालिका–१८ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही उपमहानगरपालिका बस्ने ४१ वर्षीय सुरज थापा मगर र सोही उपमहानगरपालिका–११ बस्ने
३५ वर्षीय संजिव राईलाई प्रहरीले पक्राउ गरेको छ।  अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

मकवानपुर, मनहरी गाउँपालिका–७ मनहरी खोला बगरस्थित सडकबाट अवैध लागुऔषध गाँजा २ किलो ७ सय ग्रामसहित पैदलयात्री बारा जितपुर सिमरा उपमहानगरपालिका–८ रमौली बस्ने ४२ वर्षीय नागेन्द्र महत्तोलाई गएराति प्रहरीले पक्राउ गरेको छ। 

त्यस्तै सुर्खेत, विरेन्द्रनगर नगरपालिका–११ झूप्राखोलास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर १ सय २० मिलिग्रामसहित लेकवेशी नगरपालिका–१० बस्ने २७ वर्षीय अर्जुन जंग शाहीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। 

यता, पर्सा, वीरगंज महानगरपालिका–१६ त्रिशुलचोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ७ सय ४० मिलिग्रामसहित फेटा गाउँपालिका–७ बस्ने २० वर्षीय अजय कुमार बैठा समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको प्रहरीले बिआर ०५ एवाई ७२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ बस्ने १८ वर्षीय किशोरलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित उनकै कोठाबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेकाहरुमाथि सम्बन्धित प्रहरीले अनुसन्धान गरिरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १७:०२
Weather Update