News Griha :: न्यूजगृह
बालमन्दिर जग्गा प्रकरणः पक्राउ परेको दुई दिनमै छुटे पूर्वउपाध्यक्ष श्रेष्ठ 

काठमाडौं— नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा पक्राउ परेका नेपाल बाल सङ्गठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई छाडिएको छ।

श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले श्रेष्ठलाई शुक्रबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो। उनलाई सरकारी वकिलको कार्यालयमा बयान प्रमाणित गराएर आवश्यक परेको खण्डमा उपस्थित हुने सर्तमा छाडिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई जानकारी दिए।  

‘उहाँलाई बयान प्रमाणित गराएर आवश्यक पर्दा जुनसुकै अवस्थामा पनि अनुसन्धानमा सघाउने सर्तमा छाडिएको हो,’ उनले भने।  

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले गत वैशाख २७ गते बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ पुर्जी जारी भएका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बोगटीले बताए। 

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १७:३१
Weather Update