News Griha :: न्यूजगृह
बालमन्दिर जग्गा प्रकरणः तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ 

काठमाडौं—नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा नेपाल बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले श्रेष्ठलाई शुक्रबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो।  

पक्राउ पुर्जी जारी भएकामध्ये श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई जानकारी दिए। 

‘पक्राउ पुर्जी जारी भएकोमध्ये एक जनालाई आज काठमाडौंबाट पक्राउ गरिएको हो,’ उनले भने।  

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले गत वैशाख २७ गते बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत सङ्गठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो। त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १४:३४
Weather Update