शेयर बजारमा सामान्य गिरावट, कारोबार ५ अर्ब नाघ्यो आइतबार, जेठ २७, २०८१

अब तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने आइतबार, जेठ २७, २०८१ प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ।

राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक चौधरीको ‘सर्टिफिकेट’ नक्कली, विशेष अदालतमा मुद्दा आइतबार, जेठ २७, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ। उपनिर्देशक चौधरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवामा समेत सोही प्रमाणपत्र प्रयोग भएको पुष्टिसहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर आइतबार, जेठ २७, २०८१ काठमाडौं महानगरपालिकाको श्रम बैंकमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ। काठमाडौं महानगरले गत भदौमा सिप भएका बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी...
-1717758427.jpg)
कांग्रेस नेतामाथि लगाएको आरोपबारे गृहमन्त्री लामिछाने भन्छन्– मैले कसैको नाम तोकेको छैन आइतबार, जेठ २७, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुमाथि लगाएको आरोपबारे प्रतिक्रिया दिएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूले कसैको नाम नलिइ सञ्चार माध्ययमा आएका कुरा मात्रै संसद्बाट पढेर सुनाएको बताए।सहकारी ठगी प्रकरणमा कांग्रेसले संसद्मा निरन्तर अवरोध गरेपछि त्यसको जवाफ दिन रोस्टम पुगेका...

कर्णालीको पुलमा अड्किएकामध्ये २ खच्चड मरे, ११ वटाको सकुसल उद्धार आइतबार, जेठ २७, २०८१ अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमाथि फसेका १३ वटा मध्ये २ वटा खच्चड मरेका छन्। आज बिहान अछामबाट दैलेख सामान बोकेर जाने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुलको एकपटट्टीको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। ती मध्ये ११ वटाको सकुसल उद्धार गरिएको र बाँकी २ वटा खच्चड मरेको...

काठमाडौं उपत्यकाका ८ लाख बढी सवारी चालक कारबाहीमा आइतबार, जेठ २७, २०८१ ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंलन गर्ने ८ लाख बढी सवारी चालकलाई कारबाही गरेको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने ८ लाख ४ हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो।

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ आइतबार, जेठ २७, २०८१ भन्सार छली भित्राइएको सुन संकलन गरी लैजान लागेको अवस्थामा कोइराला र आलम पक्राउ परेका हुन्। उनीहरूको साथबाट करिब २५ ग्राम सुनको सिक्री, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लो बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

त्रिविको जग्गा खोजी गर्न गठित समितिले थाल्यो काम आइतबार, जेठ २७, २०८१ त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ।

नरेन्द्र मोदी ३.०: को–को बन्दै छन् मन्त्री ? आइतबार, जेठ २७, २०८१ नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि सुरु भएको छ। भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरूलाई शपथ का लागि फोन आएको छ। जसमा चार पूर्व मुख्यमन्त्री राजनाथ सिंह, शिवराज सिंह चौहान, मनोहर लाल खट्टर र कुमारस्वामीको नाम समावेश छ।

अत्यधिक गर्मी बढेसँगै किसानलाई मौरी जोगाउन कठिन आइतबार, जेठ २७, २०८१ अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखको छहारीमा लगेर राख्न थालिएको छ। लामो समयदेखि मौरीपालन व्यवसाय गरेका ओम शिवशक्ति मौरीपालन उद्योग तथा पुरमल घरायसी किट जीन बैंक, कोहलपुर नगरपालिका–११ का पुरमल बस्नेतले रानी मौरीले गर्मीका कारण अण्डा पार्न छाडेको जानकारी दिए।

जनसंख्या घटेपछि जापान सरकारले सुरु गर्यो डेटिङ एप आइतबार, जेठ २७, २०८१ जापानको जनसंख्या बढ्दो उमेरको छ भने जन्मदर घट्दैछ। अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो। जन्मदर वृद्धि गर्न सरकारले डेटिङ एप सुरु गरेको छ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई आइतबार, जेठ २७, २०८१ सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।









