News Griha :: न्यूजगृह
जनसंख्या घटेपछि जापान सरकारले सुरु गर्‍यो डेटिङ एप

काठमाडौं— जापानमा गत वर्ष जन्मदर निकै न्यून रहेको पाइएको छ।

जापानको जनसंख्या बढ्दो उमेरको छ भने जन्मदर घट्दैछ। अहिले गत वर्षको सरकारी तथ्यांकले १२ करोड ३९ लाख जनसंख्या भएको देशमा ७ लाख २७ हजार २७७ बच्चा मात्रै जन्मेको देखाएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा कम हो। जन्मदर वृद्धि गर्न सरकारले डेटिङ एप सुरु गरेको छ।

जापानमा सरकारद्वारा सञ्चालित डेटिङ एप चलिरहेको छ। यद्यपि, यो एपको प्रारम्भिक परीक्षण भइरहेको छ। एपले विवाह गर्न चाहने व्यक्तिहरूबीचको सम्बन्धलाई सहज बनाउन मद्दत गर्दछ।

विवाहको पहिलो चरणको रूपमा वर्णन गरिएको एपले टोकियो महानगरले प्रदान गरेको एआई म्याचमेकिङ प्रणाली प्रयोग गर्दछ।

जापानको स्वास्थ्य, श्रम र मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष ७ लाख २७ हजार २७७ शिशु जन्मिएका थिए। जबकि देशको जनसंख्या १२३.९ मिलियन छ। जन्मदरको यो संख्या भने एकदमै कम हो। जापानमा प्रजनन दर १.२६ बाट १.२० प्रतिशतमा घटेको छ। स्थिर जनसङ्ख्याको लागि प्रजनन दर २.१ प्रतिशत हुनुपर्छ।

जापानमा गत वर्ष ३० हजारले बिहे गरेको मिडिया रिपोर्टमा उल्लेख छ। त्यस्तै, सम्बन्धविच्छेदको संख्या पनि बढेको छ। देशको जनसाङ्ख्यिक असन्तुलनलाई हेर्दा यो गिरावट लामो समयसम्म कायम रहने विज्ञहरू बताउँछन्। यी चुनौतीहरूलाई न्यूनीकरण गर्ने प्रयासहरू जापान सरकारबाट भइरहेका छन्।

समस्यालाई सम्बोधन गर्न सरकारले विशेष निकायहरू स्थापना गरेको छ। जस्तै बाल हेरचाह सुविधामा वृद्धि, आमाबाबुको लागि आवास अनुदान, छनोट क्षेत्रहरूमा बच्चा जन्माउने जोडीहरूलाई आर्थिक प्रोत्साहन, आदि।

जन्मदरको विषयलाई जोडदार रुपमा उठाउँदै आइरहेका एलन मस्कले पनि जापानको पहललाई सराहना गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:००
Weather Update