News Griha :: न्यूजगृह
शेयर बजारमा सामान्य गिरावट, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं— साताको पहिलो दिन शेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ। नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ। 

आइतबार २.९२ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले परिसूचक थामेको छ। जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूह बढेको छ। 

व्यापार उपसमूहमा १.५४ प्रतिशतको गिरावट छ। वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूह घटेका छन्।

९७ कम्पनीको सेयरमूल्य बढ्दा इस्टर्न हाइड्रोपावर, शुभम् पावर, सिटी होटल र कुथेली बुखारी साना जलविद्युतको शेयरबढेर सर्किट लागेको छ। भगवती हाइड्रोपावर र सामलिङ पावरको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ। 

एनआरएन इन्फ्रास्ट्रचरको सर्वाधिक ३२ करोड ३ लाखको शेयर कारोबार भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको २१ करोड १३ लाख, सिटी होटलको १३ करोड ९७ लाख, पोखरा फाइनान्सको १२ करोड ३८ लाख र हाथवे इन्भेस्टमेन्टको ११ करोड ७३ लाख रुपैयाँको शेयरकिनबेच भएको छ। 

१४७ कम्पनीको शेयरमूल्य घट्दा बढी नोक्सानमा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता छन्। उक्त जलविद्युत कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स, लक्ष्मी लघुवित्त, माईखोला हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरलगायतका शेयर मूल्य घटेका छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:०४
Weather Update