News Griha :: न्यूजगृह
विराटनगरमा विद्यार्थीहरुले जलाए सरकारी गाडी 

काठमाडौं— मोरङको विराटनगरमा विद्यार्थीहरुले सरकारी गाडी जलाएका छन्। 

आइतबार बिहान यसअघि ६ जना विद्यार्थी पक्राउ परेको प्रकरणमा आन्दोलनरत विद्यार्थीहरुले सरकारी गाडीमा आगजनी गरेका हुन्। 

मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए। 

सो क्रममा आज महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शन गरिरहेका उनीहरुले गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै आगजनी गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार आन्दोलनरत विद्यार्थीहरुले अन्य ५ वटा सरकारी गाडी समेत तोडफोड गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:४१
Weather Update