नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिकाको कठिन जित आइतबार, जेठ २७, २०८१

भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण आज, प्रधानमन्त्री प्रचण्ड दिल्ली उड्दै आइतबार, जेठ २७, २०८१ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गङ्गा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन्।

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान खेल्दै, यस्तो छ ‘हेड टु हेड’ आइतबार, जेठ २७, २०८१ जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

प्रतिनिधि सभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल आइतबार, जेठ २७, २०८१ प्रतिनिधि सभाको बैठकमा आजदेखि ६ दिन लगातार बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने भएको छ। जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत शीर्षकमा छलफल सक्ने कार्यतालिका रहेको छ।

भारतीय राष्ट्रिय कांग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत शनिबार, जेठ २६, २०८१ भारतीय राष्ट्रिय कांग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छन्। कांग्रेस नेता तथा सांसद प्रमोद तिवारीले एएनआईसँग भने, ‘सोनिया गान्धीलाई कांग्रेस संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ।’

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई शनिबार, जेठ २६, २०८१ मोदीको शपथ साँझ हुनेछ। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने छन्। प्रचण्डसँगै उनकी छोरी गङ्गा र कानुनमन्त्री पदम गिरीसमेत भारत भ्रमणमा जाँदैछन्।

भोलिदेखि संसद्मा मन्त्रालयगत बजेटमाथि छलफल हुने शनिबार, जेठ २६, २०८१ प्रतिनिधि सभा बैठकमा आइतबारदेखि विभिन्न मन्त्रालयका बजेट शीर्षकहरू माथि छलफल हुने भएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भोलि वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विनियोजन गरिएको बजेटमाथि छलफल हुन लागेको हो।

एक खर्ब लगानीको अरुण थर्ड जलविद्युत् आयोजनाको निर्माण कार्य कहाँ पुग्यो ? शनिबार, जेठ २६, २०८१ बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ।भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी)को करिब एक खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ।

ओलीको दाबी– संसद् विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ शनिबार, जेठ २६, २०८१ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको प्रसङ्ग फेरि उठाएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौँ अधिवेशनमा ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको बताए।

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको झलनाथको आरोप शनिबार, जेठ २६, २०८१ एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिबारदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताए।

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो? शनिबार, जेठ २६, २०८१ सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा आफ्ना सल्लाहकार भूपेन्द्र भण्डारीलाई नियुक्त गरेकी थिइन्। भण्डारी एनसेलका पूर्व कर्मचारी हुन्। मापदण्ड नै परिवर्तन गरेर आफ्नो व्यक्ति नियुक्ति दिने प्रयासले खुला प्रतिस्पर्धा नाटकमा सीमित भएको विश्लेषण हुन थालेको छ।

झण्डै ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार शनिबार, जेठ २६, २०८१ झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ। देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा सो सबस्टेसन निर्माण भएको हो। ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो चार सय...

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी, तीनको मृत्यु, छ जना घाइते शनिबार, जेठ २६, २०८१ उनीहरूको उद्धार पछि तत्कालै नरेलाको एसएचआरसी अस्पतालमा लगिएकोमा घाइते मध्ये तीन जनालाई अस्पतालले मृत घोषणा गरेको हो ।









