News Griha :: न्यूजगृह
मिडियासँग किन तर्किन्छन् शाहरुख?

काठमाडौं— बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रुपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्किंदै हिँडिरहेका छन्। उनी मिडिया अगाडि देखिँदा पनि मास्क, छाता र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन्।

मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? बलिउडमा अहिले चासोको विषय बनेको छ।

छोरा आर्यन खान लागुऔषध मुद्दामा पक्राउ परे लगत्तै मिडियामा उनको विषयमा समाचार निरन्तर आएपछि मिडियाप्रति हेर्ने दृष्टिकोण फेरिएको छ। उनी मिडियासँग निकै रिसाएका छन्।

लागुऔषध मुद्दामा आर्यन पक्राउ परेपछि शाहरुख विशेषत पापराजीलाई वेवास्ता गर्दै आएका छन्। हालैमात्र मुम्बईका फोटोग्राफर बरिन्दर चावलाले एक घटनामा आफूलाई ‘पठान’ अभिनेता शाहरुखले फोन गरेको स्मरण गरे।

सन् २०२३ मा ‘पठान’ रिलिज भएपछि बरिन्दरको टिमले शाहरुखलाई भेटेको थियो। भेट्मा शाहरुखले आफ्नो गोपनियतामा हस्तक्षेप भएको बताएका थिए। आर्यन जेलमा रहँदा शाहरुख उनलाई भेट्न गएका थिए। त्यो समयमा जेल बाहिर फोटोग्राफरको भीड लागेको थियो। यो घटनापछि शाहरुख मास्क लगाएर, छाता ओढेर आफ्नो अनुहार मिडियामा नदेखाउने गरी हिड्‌न थालेका छन्।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:०९
Weather Update