News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले गरे ‘मेयर्स फोरम’ का पदाधिकारीहरुसँग छलफल, गएनन् बालेन 
प्रधानमन्त्रीले गरे ‘मेयर्स फोरम’ का पदाधिकारीहरुसँग छलफल, गएनन् बालेन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकाका नगरपालिकाहरुको साझा मञ्च ‘मेयर्स फोरम’ का पदाधिकारीहरुसँग छलफल गरेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा संघीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा छलफल गरेका हुन्। 
पहिरोले पुरिएर लोडर चालकको मृत्यु
पहिरोले पुरिएर लोडर चालकको मृत्यु लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ।  
काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द
काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ। कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको कार्यालयले जनाएको छ। 
०५२ सालदेखि सधैँ चर्चामा दैजीछेला औद्योगिक क्षेत्र, कामको गति निराशाजनक
०५२ सालदेखि सधैँ चर्चामा दैजीछेला औद्योगिक क्षेत्र, कामको गति निराशाजनक सरकारले २०५२ सालमा कञ्चनपुरको साविक दैजी गाविसमा ‘दैजी छेला औद्योगिक क्षेत्र’ बनाउन प्रस्ताव गर्‍यो।     झण्डै तीन दशकको यो अवधिमा उक्त औद्योगिक क्षेत्र निर्माणका लागि निरन्तर आवाज उठिरहँदा पनि अहिलेसम्मको कामको प्रगति निरासाजक छ।
बालमन्दिर जग्गा प्रकरणः तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ 
बालमन्दिर जग्गा प्रकरणः तत्कालीन उपाध्यक्ष श्रेष्ठ पक्राउ  नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा नेपाल बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले श्रेष्ठलाई शुक्रबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो।  पक्राउ पुर्जी जारी भएकामध्ये श्रेष्ठलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई जानकारी दिए। ‘पक्राउ पुर्जी जारी भएकोमध्ये एक जनालाई आज काठमाडौंबाट...
दूधको व्यवसायले फेरियो काभ्रेका किसानको जीवन 
दूधको व्यवसायले फेरियो काभ्रेका किसानको जीवन  पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ। 
चालु आवको ९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
चालु आवको ९ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ।प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ।
यस्तो बन्यो मधेसको मन्त्रिमण्डल, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ 
यस्तो बन्यो मधेसको मन्त्रिमण्डल, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहको शपथग्रहणसँगै नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पनि शपथग्रहण गरेका छन्। आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। केहीबेरअघि मुख्यमन्त्री सिंहले शपथग्रहण गरेपछि नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पनि शपथग्रहण गरेका हुन्।  
मधेसका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ  
मधेसका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ   मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मधेस प्रदेश प्रमुखको कार्यालयमा केहीबेरअघि नवनियुक्त मुख्यमन्त्री सिंहले शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएकी हुन्। 
सुमनालक्षित आफ्नो अभिव्यक्तिप्रति ओली भन्छन्– त्यो कसैसँग सम्बन्धित छैन
सुमनालक्षित आफ्नो अभिव्यक्तिप्रति ओली भन्छन्– त्यो कसैसँग सम्बन्धित छैन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित टिप्पणीको खण्डन गरेका छन्। केही दिन अघि ओलीले नेपालमा घुम्न आएका बेला मन्त्री भएको भन्दै शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै कटाक्ष गरेका थिए। त्यसको चौतर्फी आलोचनापछि ओलीले आफ्नो उक्त अभिव्यक्ति कसैप्रति लक्षित नरहेको बताए। 
चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल 
चिनियाँ पर्यटक नेपाल भित्र्याउन पहल  चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ।
यार्सागुम्बा संकलनबाट एक करोड २५ लाख राजस्व उठ्यो
यार्सागुम्बा संकलनबाट एक करोड २५ लाख राजस्व उठ्यो बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय  राजस्व संकलन गरेको छ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा संकलनमा गएका छन्। उनीहरूबाट उक्त रकम संकलन भएको हो। 
Weather Update