News Griha :: न्यूजगृह
मधेसका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ  

काठमाडौं— मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। 

मधेस प्रदेश प्रमुखको कार्यालयमा केहीबेरअघि नवनियुक्त मुख्यमन्त्री सिंहले शपथ लिएका हुन्। 

उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ गराएकी हुन्। 

सिंह आजै मुख्यमन्त्री नियुक्त भएका थिए। शुक्रबार बिहान उनको दल जनमतसहित एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायत ६ दलका ५५ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। आज नै प्रदेश प्रमुख भण्डारीले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन्। 

यसअघिका मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि मधेसमा नयाँ सरकार बनेको हो। 

आजै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरिएको छ। नवनियुक्त मन्त्रीहरुले केहीबेरमा शपथ लिने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १३:१५
Weather Update