News Griha :: न्यूजगृह
मधेसको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस
मधेसको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस जनमत पार्टीका सतिशकुमार सिंहले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दाबी पेस गरेका छन्। राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन्।
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री
बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन्। 
टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै
टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै छ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।
बढ्यो डलर, युरो, पाउन्ड र दिनारको मूल्य [सूचीसहित]
बढ्यो डलर, युरो, पाउन्ड र दिनारको मूल्य [सूचीसहित] हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा थियो। त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४५ रुपैयाँ...
काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल बिद्युत् प्राधिकरणले वितरण लाइन भूमिगत कार्य भइरहेकोले काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ। 
मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय बिहान १० बजेसम्म, दलहरू छलफलमा 
मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय बिहान १० बजेसम्म, दलहरू छलफलमा  मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय शुक्रबार बिहान सकिँदै छ। प्रदेश सभामा विश्वासको मत नपाई मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेपछि प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। सरकार गठनका लागि बिहान १० बजेसम्मको समय दिइएको हो। 
टी–२० विश्वकप: स्कटल्याण्डसँग नामिबिया पराजित 
टी–२० विश्वकप: स्कटल्याण्डसँग नामिबिया पराजित  स्कटल्याण्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ। समूह बी मा स्कटल्याण्डले पहिलो जित हात पारेको हो।
कस्तो छ आजको मौसम पूर्वानुमान? 
कस्तो छ आजको मौसम पूर्वानुमान?  नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
टी–२० विश्वकप क्रिकेटमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान सुपर ओभरमा पराजित
टी–२० विश्वकप क्रिकेटमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान सुपर ओभरमा पराजित यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको थियो। अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हाने पछि रन बराबरी गरेको थियो।
विश्वकप छनोटको पाँचौँ खेलमा नेपाल यूएईसँग पराजित
विश्वकप छनोटको पाँचौँ खेलमा नेपाल यूएईसँग पराजित साउदी अरेबियाको दम्माम स्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा बिहीबार सम्पन्न खेलमा विश्वकप होडबाट बाहिरिसकेको नेपाल यूएईसँग ४—० ले पराजित भएको हो।  
बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश, एमबीबीएस विद्यार्थी भर्ना यसैवर्ष
बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश, एमबीबीएस विद्यार्थी भर्ना यसैवर्ष झापास्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्रमा सम्बन्धन दिन सर्वोच्च अदालतले परमादेश दिएको छ। उक्त कलेज दुर्गा प्रसाईंको हो। 
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
Weather Update