News Griha :: न्यूजगृह
टी–२० विश्वकप: स्कटल्याण्डसँग नामिबिया पराजित 

काठमाडौं— स्कटल्याण्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ। समूह बी मा स्कटल्याण्डले पहिलो जित हात पारेको हो।

१५६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।

पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो। स्कटल्यान्ड र इङ्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो।

त्यस्तै समूह ए अर्को खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै सनसनी मच्चाएको छ। समूह डी को समूह डी को पहिलो खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो। अब नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:४३
Weather Update