
काठमाडौं— अमेरिकाले जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई स्तब्ध बनाएको छ। समूह 'ए' अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।
सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाए पछि खेल अमेरिकाले ५ रनले जितेको थियो।
यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको थियो। अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हाने पछि रन बराबरी गरेको थियो।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए।
यसअघि पकिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए।
त्यसैगरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए।
यो जितपछि समूह 'ए' मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ। यस अघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो।
अब पाकिस्तानले अर्को खेल आइतबार भारतविरुद्ध खेल्दै छ भने अमेरिकाले भारतविरुद्ध जुन १२ मा खेल्ने छ।