News Griha :: न्यूजगृह
टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै

काठमाडौं— जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै छ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन्। क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो।

दुवै देशबीच अहिलेसम्म ४ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा दुवैले २–२ खेल जितेका छन्। सुपर आठमा पुग्न दुवै देशका लागि यो खेलमा जित महत्वपूर्ण छ। 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०७:४४
Weather Update