
काठमाडौं— झापास्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्रमा सम्बन्धन दिन सर्वोच्च अदालतले परमादेश दिएको छ। उक्त कलेज दुर्गा प्रसाईंको हो।
बिहीबार सार्वजनिक भएको सर्वोच्चको फैसलाको पूर्णपाठमा निरीक्षण टोलीले औंल्याएका मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन र तोकिएका कार्यहरु पुरा गर्न लगाई १५ दिन भित्रमा यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिलाउन सर्वोच्च अदालतको फैसलामा भनिएको छ।
न्यायाधीश डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले प्रसाईंको माग बमोजिमको सम्बन्धन नदिने गरी २०७६ चैत ३ गते चिकित्सा शिक्षा आयोगबाट भएको निर्णय कानुन संगत नदेखिएको भन्दै उत्प्रेषणको आदेशले बदर गरिदिएको छ।
काठमाडौं विश्व विद्यालय धुलिखेल काभ्रे, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर लगायतका नाममा सर्वोच्चले परमादेश जारी गरिदिएको हो।
सम्बन्धनका लागि निवेदकको माग गैरकानुनी वा कानुन निषिद्ध वा सार्वजनिक शान्ति सुरक्षा हित प्रतिकुल हुने नभई मेडिकल शैक्षिक क्षेत्रमा लगानी गर्ने र सञ्चालन गर्ने सम्मको रहेको सर्वोच्चले भनेको छ।
पढ्नुहोस् फैसलाको पूर्णपाठ:













