News Griha :: न्यूजगृह
दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्वको छापा, सेफ र लकर नियन्त्रणमा

काठमाडौं—  दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ। 

विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए। क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको छ।

अनुसन्धानका लागि क्यासिनोको सेफ र लकर विभागले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०८:५४
Weather Update