News Griha :: न्यूजगृह
विश्वकप छनोटको पाँचौँ खेलमा नेपाल यूएईसँग पराजित

काठमाडौं— फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल यूएईसँग पराजित भएको छ। 

साउदी अरेबियाको दम्माम स्थित प्रिन्स महोम्मद विन फहद रंगशालामा बिहीबार सम्पन्न खेलमा विश्वकप होडबाट बाहिरिसकेको नेपाल यूएईसँग ४—० ले पराजित भएको हो।  

यूएईका हरिब अब्दाल्ला अल मुसरखले लगातार दुई मिनेटको अन्तरमा दुई गोल गर्दै यूएईलाई अघि बढाए। दोस्रो हाफमा यूएईले थप १—१ गोल गरेको थियो। 

पाँच म्याचमा १८ गोल खाएको नेपालले कुनै गोल गर्न सकेको छैन। बिहीबारको खेलमा नेपालका लागि गोलको खडेरी टार्ने अवसर पाए पनि नेपालले सदुपयोग गर्न सकेन। 

विश्वकप छनोटको अर्को चरणमा पुगेको यूएई यो नतिजाले १५ अंक बटुल्दै समूह विजेता बनेको छ। 

नेपालले पहिलो खेलमा पनि यूएईसँग ४–०, दोस्रो खेलमा यमनसँग २–०, तेस्रो खेलमा बहराइनसँग ५–० र चौथो खेलमा बहराइनसँग नै ३–० गोलको हार ब्यहोरेको थियो। अब यमनसँग एक खेल खेल्न बाँकी छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:१३
Weather Update