News Griha :: न्यूजगृह
दल विभाजनविरुद्ध उपेन्द्रको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनविरुद्ध दायर गरेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ। 

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर आज बहस नसकिएपछि उक्त रिटको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको हो। 

यसअघि मंगलबार पनि उक्त रिटको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। 

यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफलका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा) लाई अधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन्।

दल विभाजन र सर्वोच्चको यसअघिको आदेशलाई आधार मान्दै उपेन्द्रले दायर गरेको जसपाका सांसदहरुलाई कामकारबाही गर्न रोक लगाउनेसम्बन्धी दुवै रिटको सुनुवाइ एकै ठाउँमा राखेर भइरहेको छ। 

उक्त रिटको पेसी पुनः आइतबारका लागि तोकिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:४६
Weather Update