दल विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमा आज पनि पेसी तोकिएको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो।
यसअघि मंगलबार पनि उक्त रिटको पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।
यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफलका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।
निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा) लाई अधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१ ११:१७













