News Griha :: न्यूजगृह
उपेन्द्रको रिटमा भएन सुनुवाइ, ‘हेर्न नभ्याइने’ सूचीमा 
फाइल तस्बिर

काठमाडौं—जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध दायर गरेको रिटमा पेसी तोकिए पनि सुनुवाइ भने हुन सकेन। 

आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ ‘हेर्न नभ्याइने सूचीमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।  

यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारवाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफलका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई अधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन्।

जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन्। अशोक राईसँग ७ जना सांसद छन्। अहिले सरकार छाडेलगत्तै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन्।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १५:०९
Weather Update