News Griha :: न्यूजगृह
दाङमा सेनाका जवानले गरे श्रीमतीको हत्या

काठमाडौं— दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन्।

सेनाका जवान शालिकराम बुढाथोकीले शुक्रबार बिहान तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका हुन्। घटनापछि शालिकराम फरार छन्। 

खुकुरी प्रहार गरि शालिकरामले श्रीमती टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

‘खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि उनी खुकुरीसहित फरार भएको भन्ने छ,’ थापाले भने, ‘ स्थानीयले हातमा खुकुरी लिएर हिँडिरहेको देखेको बताएका छन्। स्थानीय पनि त्रसित छन्।’

उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे  थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०९:१३
Weather Update